सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संघीयता बोक्नेहरूलाई पनि प्रदेश घाँडो भएको छः चित्रबहादुर केसी


  •    न्युजभित्तो/२४ माघ २०८०, बुधबार १६:२१ 
  • काठमाडौँ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले जनमोर्चाले सुरूवातदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन् ।

    उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए । ‘संघ भएपछि प्रदेश किन चाहियो । राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो । तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ । संघीयता बोक्नेहरुलाई पनि अहिले प्रदेश घाँडो भाछ ।’ उनले सांसदहरू विकासका एजेन्ट भएको बताए । ‘एकातिर हाम्रो काम नियम कानुन बनाउने । अर्कोतिर विकासका कामका ठेक्कापट्टा । त्यसकारण व्यवहारमा लागू भाछैन । नियम कानुन मात्रै बनाउने हो हाम्रो काम त्यसमा विचार गर्नुपर्छ,’ उनले भने ।

    उनले सांसदहरूको व्यवहारका कारण पनि नागरिकहरूमा वितृष्णा पैदा भएको बताए । देशमा केही हुन्न भनेर विदेशिएका युवाहरू स्वदेश नफर्किने केसीले बताए । त्यसले गर्दा भ्रष्टाचार नियन्त्रण हुने भन्दै केसीले ब्यंग्य गरे।

    ‘सबका सब छोराछोरी क्यानडा, अमेरिका, अष्ट्रेलिया । हामीले अब घुस खान पनि किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यता आउँदैनन । छोराछोरीका लागि हो भ्रष्टाचार गर्नुपर्ने, घुस खानुपर्ने,’ उनले भने, ‘त्यसमा चाहीँ हामीलाई सजिलो भएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.