सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसान दानाको १५ औं शाखा चरिकोटमा


  •    न्युजभित्तो/२४ माघ २०८०, बुधबार १२:११ 
  • चितवन, २४ माघ । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले आजबाट दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औं डिपो हो ।

    चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गर्नुभएको छ । सो अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स संघका अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।

    खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महंगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पु¥याउने अभियान सञ्चालन गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक बिनोद पोखरेलका अनुसार यसरी उपभोक्तासम्म पु¥याउँदा अण्डा ताजा र सस्तो हुने छ ।

    आफ्नो उत्पादन र संकलन भएको अण्डा आफ्नै डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याउन विभिन्न शहरमा डिपो सञ्चालनमा ल्याइएको पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो ।

    कम्तिमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

    सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दस हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक संकलन गर्ने गरेको छ ।

    उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख शहरमा डिपो सञ्चालनमा ल्याईसकिएको छ भने अन्य शहरहरुमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँहरुमा अन्य वितरक मार्फत् अण्डा बिक्री गर्दै आएको छ ।

    यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

    पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुसी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी, पोखरा, सोलुखुम्बु, ओखढुङ्गा, इलाम र पाँचथरको फिदिममा यसअघि नै बिक्री केन्द्र खोलिएको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पुर्‍याउने गरिन्छ ।

    नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवलजस्ता प्रमुख सहरमा अण्डा बिक्री गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.