सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानहरुले लगाए व्यवसायिक संघ संगठनहरुको कार्यालयमा ताला


  •    /१२ बैशाख २०७६, बिहीबार १८:४२ 
  • चितवन :

    जिल्लाका किसानहरुले लगातार अण्डाको मूल्य घटेपछि पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संगठनका कार्यालयमा तालाबन्दी गरेका छन् । लागत मूल्यभन्दा पनि सस्तोमा अण्डा बिक्री गर्नु परेपछि किसानले तालाबन्दी गरेका हुन् ।

    अण्डाको मूल्यमा आएको अस्वभाविक गिरावटको बिरोधमा तालाबन्दी गरिएको पश्चिम चितवन अण्डा उत्पादक किसान समूहले जनाएको छ । कार्यालयमा तालाबन्दी गर्नुपूर्व अण्डा उत्पादक किसानहरूले नारायणगढको लायन्स चोकदेखि न्युरोडमा रहेको मञ्चको कार्यालयसम्म विरोध ¥याली निकालेका थिए ।

    ¥यालीमा लेयर्स कुखुरापालक किसानको लगानी सुनिश्चित गर, तत्काल अण्डाको मूल्य बृद्धि गर, बिचौलिया होशियार, अण्डा उत्पादक संघ केन्द्रीय समितिले तत्काल राजीनामा दे.. लेखिएका प्ले कार्ड बोकी नारा लगाएका थिए । व्यवसायीक संघ संगठनहरुको कार्यालय न्यूरोडमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।
    कोणसभामा बोल्दै पश्चिम चितवन अण्डा उत्पादक किसान समूहका अध्यक्ष राजकुमार श्रेष्ठले अस्वभाविक ढङ्गले अण्डाको मूल्यमा घटबढ हुँदा किसानहरू मर्कामा परेको बताउनुभयो । “कहिले प्रति क्रेट अण्डाको मूल्य २९० रुपैयाँ पु¥याउने र केही दिनमा फेरि २०० रुपैँयामा झार्ने कामले किसानहरूको ढाड सेकिएको छ” उहाँले भन्नुभयो, “प्रति अण्डाको लागत मूल्य नै ११ रुपैँया पर्छ । यस्तो बेलामा अण्डा बेचेर किसानहरूले घाटा मात्रै बेहोर्नुपरेको छ ।”

    किसानसँग सस्तोमा अण्डा किनेर बिचौलियाले मूल्य बढेका बेला बजारमा महँगोमा बेच्ने क्रम रोक्न आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दाना र अण्डाको मूल्यमा एकरूपता नहुनु अर्को चिन्ताको विषय रहेको उहाँको भनाइ थियो । उहाँले आफ्ना मागहरू पूरा गर्न सकिने अवस्थामा रहेको भन्दै माग पूरा नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

    किसानले मिहिनेत गरेर उत्पादन गरेको तरकारी, दूध, अण्डा, लगायतका वस्तुले मूल्य नै नपाउनु पीडादायी भएको उहाँले बताउनुभयो । खुट्टा खुम्चाएर मर्नु भन्दा पसारेर नै मर्न ठीक भएको भन्दै आफूहरूले पनि विरोधस्वरूप सडकमा अण्डा गुल्टाउन लागेको उहाँले बताउनुभयो । कोणसभा पछि किसानहरुले कार्यालयहरुका ढोकामा तालाबन्दी गरेका थिए ।

    किसानहरुले नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल अण्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल दाना–अण्डा–कुखुरा वितरक संघ (चितवन नवलपुर दाना वितरक संघ) को कार्यालयमा तालाबन्दी गरेका हुन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.