सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख


  •    न्युजभित्तो/२३ माघ २०८०, मंगलवार १३:१४ 
  • काठमाडौं, २३ माघ । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएकी हुन्छ।

    उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने बेहोरा अवगत गराउन चाहान्छु। उहांको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, स्टमित्र, शुभेकच्छुक, गुरूहरू र साथीभाई सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु।

    पाँचथरबाट प्रतिनिधीसभा सदस्य समेत रहेका उनी गत १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेकको समयमा ब्रेन स्ट्रोक भएको थियो। उनलाई हेलिकप्टरमार्फत् ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्‍याइएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.