कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
न्युजभित्तो/२२ माघ २०८०, सोमबार १६:३२
काठमाडौं, २२ माघ । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पदाधिकारीको संख्या बढाउँदै उनीहरुलाई गाडीसहित सुविधा थप्ने गरी अध्यादेश ल्याएको थियो ।
प्रदेश सरकारले ल्याएको उक्त अध्यादेशलाई लिएर नेकपा ९एमाले० विरोध गरेको थियो । एमालेले अध्यादेश फिर्ता नलिए प्रदेश सभाबाट फेल गराउने चेतावनीसमेत दिएको थियो ।
रिट निवेदनमा कोशी प्रदेश सरकारबाट सिफारिश भई कोशी प्रदेश प्रदेश प्रमुखबाट गत माघ ६ गते जारी भएको केहि प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा २ को खण्ड ९ख० उक्त अध्यादेशको प्रस्तावना, उक्त अध्यादेशबारे कोशी प्रदेश राजपत्रमा प्रकाशित सूचना, प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचना लगायत सो सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाहि प्रारम्भदेखि नै अमान्य घोषित गरी उत्प्रेषणको आदेशले बदर घोषणाको माग गरिएको छ ।