सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन


  •    न्युजभित्तो/२२ माघ २०८०, सोमबार १२:४२ 
  • काठमाडौँ, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

    माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिनुभएको हो ।

    “सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसद्मा प्रस्तुत हुनुहोस्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ । सरकारले राम्रो काम गरिरहेको छ । यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस ।”

    प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै रु तीन करोडभन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गर्नुभयो ।

    उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “सङ्घीय लोकतन्त्र गणतन्त्र हामीहरुको सक्रियताले प्राप्त भएको व्यवस्था हो । यसको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले वर्तमान व्यवस्था विरोधी गर्नेहरुको विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिनुभयो ।

    प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढङ्गले गर्न लागिरहेको बताउनुभयो । उहाँले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गर्नुभयो ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”

    बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिनुभएको थियो । बैठकमा सांसद जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, सुरेश आले मगललगायतले धारणा राख्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.