सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रबद्र्धन गर्न रोटरीको मिनी म्याराथुन


  •    न्युजभित्तो/२२ माघ २०८०, सोमबार १२:०६ 
  • चितवन, २२ माघ । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो ।

    आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) हरुले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । उहाँका अनुसार १४.५ किलोमिटरको खुल्ल प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुने छन् ।

    १४.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।

    १४.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक समेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो “प्रतियोगितामा खेलाडी मात्रै होइन आम सर्वसाधारण पनि सहभागी हुन पाउनु हुनेछ ।” साथै सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ ।

    प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रबद्र्धन गर्ने उद्देश्यबाट समेत यो मिनी म्याराथुन आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो “मूलतः भरतपुर महानगरपालिकाको आयोजनामा घुमौं भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट शुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत प्र्रबद्र्धन गर्ने उद्देश्य यस प्रतियोगिताको रहेको छ ।”

    रोटरी डिष्ट्रिक ३२९२ जोन ३७ का एसिस्टेण्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १० हजार, पाँचौं हुनेलाई ५ हजार र छैठौंदेखि १० औंसम्मलाई ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ ।

    दूरी पूरा गर्ने सबै चेपाङ्गलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

    यसैगरी पाँच किलोमिटर महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई ५ हजार, चौथो हुनेलाई ३ हजार, पाँचौं हुनेलाई २ हजार ५ सय, छैठौंदेखि १० औंसम्मलाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । दूरी पूरा गर्ने महिला चेपाङ्गलाई रु।१ हजार नगद प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

    प्रथम पुरस्कार रु।१ लाख एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले उपलब्ध गराउने भएको छ । यस्तै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, गुरु ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाण्डौं लगायतका सहयोगी संस्थाहरु यो अभियानमा जोडिएका छन् । अन्य सहयोगी संस्थाहरु पनि यस अभियानमा जोडिने उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    अव्यवस्थित तार हटाइँदै
    • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
    • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
    • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
    • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.