सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख


  •    न्युजभित्तो/१९ माघ २०८०, शुक्रबार १५:३१ 
  • काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री, अर्थमन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

    उनले सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा। प्रकाशशरण महतसँग छलफल गर्ने कार्ययोजना छ।

    सभामुखको सचिवालयका अनुसार आजै दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छलफल हुनेछ।

    सभामुख घिमिरले शुक्रबार अपरान्ह ४ बजे संसद्मा रहेका दलका प्रमुख सचेतक र सतेकहरूसँग छलफल गर्दै छन्।

    माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन्।

    संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन आगामी सोमबारका लागि बोलाइएको छ। संसद् बैठक बस्नुअघि सभामुखले छलफल अघि बढाएका हुन्।

    संसद्को यो अधिवेशनमा सरकारले धेरैभन्दा धेरै बिजनेस दिनेगरी विधेयकहरूको तयारी अघि बढाएको छ। संसद्मा प्रस्तुत हुने विधेयकबारे सभामुखले छलफल थालेका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.