सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहुँच भएकाहरुले देशमा लुट मच्चाउन खोजेका छन् : गृहमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१९ माघ २०८०, शुक्रबार १५:१९ 
  • पोखरा, १९ माघ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध, ठगी वा जालसाजीमा संलग्न नेता, कर्मचारी, उद्योगी व्यवसायलाई कारबाही थाल्दा दबाब र बक्तव्यबाजी सुरु हुने गरेको बताएका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने बताए ।

    पहुँच भएकाहरुले देशमा लुट मच्चाउन खोजेका छन् स् गृहमन्त्री श्रेष्ठ
    ‘स्थिति कस्तो छ भने कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिकि पृष्ठभूमिको मान्छे पर्‍यो राजनीतिक पार्टीका मान्छे कराउन थाल्छन् । यो त नेता हो, हाम्रो पार्टीको हो वा गठबन्धनको हो वा प्रतिपक्षको हो गर्न पाइँदैन भन्छन् । यो देश अब त्यसरी सञ्चालन हुन सक्दैन,’ उनले भने, ‘कर्मचारी कसैले गल्ती गरेर कारवाही गर्न थाल्यो भने कर्मचारी संगठन बोल्न थाल्छ । माथिल्लो उच्चपदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ कर्मचारीलाई त त्यसो गर्न भएन नि भनेर । अनि उद्योग व्यवसायी पनि गल्ती अपराध गर्छन् र कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ । दबाब सुरु हुन्छ । उद्योग व्यवसायीलाई त गर्न भएन नि, हामीले कर तिरेका छौं भन्छन् ।’

    उनले कानुनको पूर्ण पालना गर्ने क्रममा सम्पन्नशाली, पहुँचवाला, सत्तामा पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने बताए ।

    ‘हामीले भनेकै छौं, निजी क्षेत्रको सहयोग बिना, साथ बिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातिर लैजान सकिन्न तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न,’ उनले भने, ‘कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्न । यसो गर्दा यस प्रकारको दबाब र हस्तक्षेपको प्रक्रिया भइरहने हो भने हामी हाम्रो देशलाई फेर्न पनि सक्दैनौं ।’

    उनले संविधान, ऐन कार्यान्वयन, लोकतन्त्रको प्रत्याभूति व्यवहारमा जनतालाई दिन कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलाई दृढतापूर्वक उभिन निर्देशन दिए । भने, ‘त्यसमा कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेपबाट तपाईंहरु भयभित हुनु पर्दैन । दृढतापूर्वक सामना गरेर अगाडि बढ्न विशेष अपील गर्न चाहन्छु ।’

    उनले मुलुकमा अनेक सम्भावना हुँदाहुँदै पनि सुशासनको अभावकै कारण देश पछाडि परेको अहिलेको सरकारको निष्कर्ष रहेको सुनाए ।

    ‘हामीले राम्रो सम्भावनाको गौरवशाली देश हुँदाहुँदै पनि किन विकासमा पछाडि पर्‍यौं भनेर लोकतन्त्र भएन, निरंकुशतन्त्र भयो भनेर लोकतन्त्रका निम्ति संघर्ष गर्‍र्यौं र लोकतन्त्र पनि स्थापित गरिसकेका छौं,’ उनले भने, ‘तर लोकतन्त्रको स्थापना पछि पनि रुपान्तरणमा, विकास र समृद्धिमा, उत्पादन वृद्धि, रोजगारी वृद्धि, गरिबी निवारण र जनताका आधारभूत आवश्यकतालाई पूरा गरेर जनतालाई नयाँ जीवन दिने गरी किन प्रगति गर्न सकेनौं भन्दा हाम्रो सरकारले अहिले ठम्याएको कुरा के हो भने सुशासनको अभाव एउटा समस्या हो ।’

    उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम नगरिए समृद्धिमा फड्को मार्न नसकिने तर्क गरे ।

    ‘कतिपय मान्छेहरु निराश भएर के व्यक्त गर्छन् भने सतिले सरापेको देश भन्छन् । यो सतिले सरापेको देश होइन,’ उनले भने, ‘यो देशलाई सम्पन्नशाली, पहुँच भएकाहरु, उच्च पदस्थ राजनीतिक नेताहरु र कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजेको हो । त्यस्तो प्रयत्न गर्न खोजेको हो । तर त्यो दिन अब बाँकी रहन दिनुहुन्न ।’

    गुण्डागर्दी, अराजक भीड र सामाजिक अपराध नियन्त्रण गर्नुृ पनि अहिलेको अर्को सुरक्षा चुनौति रहको उनको भनाइ थियो । ‘भीड लिएर ऋण तिर्दिन भन्ने अवाञ्छित माग राख्ने, शान्ति व्यवस्थामा खलल पुर्‍याउने, सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने तथा सहिष्णु समाजको सद्भावमा विग्रह ल्याइ निहित स्वार्थ पूरा गर्ने गतिविधि देखा परिरहेको छ,’ उनले भने, ‘यस प्रकारका गतिविधि नियन्त्रण गर्ने स्पष्ट कार्ययोजना बनाइ प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमा जरुरी देखिएको छ ।’

    वित्तीय अपराधका कारण धेरै ठूलो संख्यामा नागरिकहरु ठगिएका र कतिपय बेघरबार भएको अवस्था रहेको भन्दै सहकारी गठी, मिटर व्याजमा अनुचित लेनदेन, सामाजिक सञ्जालबाट हुने अवैध वित्तीय कारोबार, वैदेशिक रोजगारीका क्रममा हुने ठगीजस्ता अपराध नियन्त्रणमा सक्रिय हुन उनले निर्देशन दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.