सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्णः सभामुख घिमिरे


  •    न्युजभित्तो/१७ माघ २०८०, बुधबार १६:१३ 
  • झापा, १७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताउनुभएको छ ।

    बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उहाँले समाज निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

    “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाइँ, सुन्दर निचाझोडाका वनका अध्यक्ष बद्री प्याकुरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अतिथिहरुले यहाँका दुई सय ४० जना ज्येष्ठ वुद्धवृद्धालाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.