सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वमालपोत अधिकृतविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा दायर


  •    न्युजभित्तो/१६ माघ २०८०, मंगलवार १६:५१ 
  • काठमाडौं, १६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एक शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    ललितपुरका तत्कालिन मालपोत अधिकृत तथा हाल मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत ९आठौं०मीनप्रसाद भट्टराईले जागिर अवधिमा ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसा गैर कानुनी आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    २०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका उनको २०७९ जेठ ३० गतेसम्मको वैध आम्दानी ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ १० पैसा हुनेमा उनको जग्गा खरिद, ऋण तिरेको कमिसन, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयरमा लगानी, घरमा तला थप, सवारी साधन खरिद र बैंक मौज्दात समेत गरी १० करोड २३ लाख ९२ हजार २८ रुपैयाँ १५ पैसा रकम देखिएको अख्तियारको भनाइ छ ।

    यसमा ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसाको स्रोत नखुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले गैरकानुनी आर्जन गरेको रकमबराबरको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.