सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ बालबालिकालाई एक्सपर्टका कर्मचारीको खाद्यान्न तथा स्टेशनरी सहयोग


  •    न्युजभित्तो/८ माघ २०८०, सोमबार १८:३२ 
  • चितवन, ८ माघ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् । चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री र स्टेशनरी सामग्री सहयोग गरेका हुन् ।

    एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मालाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ । एक्सपर्ट चितवनका कर्मचारीहरुले देउँसी भैलो खेल्दा संकलन भएको करिव ५० हजार रुपैयाँबाट उक्त सामग्री खरिद गरी सहयोग गरिएको एक्सपर्ट चितवनका निर्देशक अधिकारीले बताउनुभयो ।

    गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले दाताहरुकै सहयोगमा चेपाङ बालबालिकाहरुले आवासीय रुपमा शिक्षा हासिल गर्न पाएको भन्दै एक्सपर्टको सहयोगले थप हौसला मिलेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

    कार्यक्रममा चेपाङ बालबालिकाहरुले चेपाङ समुदायले भोग्दै आएको समस्या गीत मार्फत मार्मिक रुपमा प्रस्तुत गर्दै स्वागत गरेका थिए । एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गरेको कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, प्रिन्सिपल प्रचण्ड हमाल, आइइएलटिएस÷पीटीई कोअडिनेटर उमा आचार्य, एक्सपर्ट रत्ननगरका शाखा प्रमुख मिना तिमिल्सिना, प्रकाश रिजाल, रमेश सापकोटा, कमला पौडेल, मिराज पौडेललगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.