सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष थाइ बोकको निधन


  •    न्युजभित्तो/७ माघ २०८०, आईतवार १३:४० 
  • कोरिया, ७ माघ । उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष चो थाइ बोकको शनिबार निधन भएको छ ।

    सरकारी समाचार पत्र रोडोङ सिनमुनका अनुसार चोको हृदयाघातका कारण निधन भएको हो । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो ।

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले संसद्का पूर्वअध्यक्ष चोको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएको छ ।

    किमले आइतबार बिहानै सत्तारुढ वर्कर्स पार्टीका पदाधिकारीसहित चोको निवासमा पुगी अन्त्येष्टि समारोहमा सरिक भई ‘उहाँको मृत्युप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको’ थियो ।

    ’किम जोङ उनले वर्कर्स पाटी र सरकारी संयन्त्र विकासका लागि पवित्र सङ्घर्षमा विशिष्ट उपलब्धि हासिल गर्ने चोप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयोे,” उत्तर कोरियाली नेताको आधिकारिक नामको संक्षिप्त रूप प्रयोग गर्दै विज्ञप्तिमा रोडोङ सिनमुन पत्रिकामा भनिएको छ ।

    प्रतिवेदनमा चोलाई ‘राष्ट्रपति किम इल सुङ र अध्यक्ष किम जोङ इलप्रति वफादार क्रान्तिकारी योद्धा’ का रूपमा वर्णन गरिएको छ ।

    सन् १९९८ मा सर्वोच्च पिपुल्स एसेम्बली ९एसपीए० को अध्यक्षमा निर्वाचित भएका चोले सन् २०१९ मा अवकाश नपाउन्जेलसम्म उत्तर कोरियाको संसद्मा सबैभन्दा लामो समयसम्म सेवा गर्ने अध्यक्षका रुपमा चिनिनुहुन्छ ।

    जर्मन, रूसी र अङ्ग्रेजी भाषामा निपुण चोले उत्तर कोरियाको तथ्याङ्कबारे अनुसन्धान र विश्लेषण गर्ने अनलाइन वेबसाइट एनके लिडरसिप वाचका अनुसार चोले नियमित रूपमा उत्तर कोरियाबाहिर भ्रमण गर्दै आउनुभएको थियो ।

    वेबसाइटका अनुसार चोको किमकी शक्तिशाली काकी किम क्योङ हुईसँग घनिष्ठ सम्बन्ध थियो भने उहाँका पति जाङ सोङ थाइकलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो ।

    सन् २०२२ को सेप्टेम्बर ९ मा उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा चोको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.