सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यो सरकार देशका लागि बोझ भईसक्यो, एमाले अब आन्दोलनमा जान्छ: उपमहासचिव ज्ञवाली


  •    न्युजभित्तो/७ माघ २०८०, आईतवार ११:०७ 
  • चितवन, ७ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देशका लागि बोझ भईसकेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशको यो बर्बादिलाई एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भएको हो ।

    देशमा बढिरहेको भ्रष्टाचार, सरकारले गरिरहेको राज्यको दोहन, बढिरहेको महंगी, ठप्प भएका विकास निर्माण लगायतका कुरालाई लिएर एमाले जनताकाबीचमा जान चाहेको उहाँले बताउनुभयो । ज्ञवालीले भन्नुभयो “हामी सातै प्रदेशबाट शान्तिपूर्ण आन्दोलनमा जान्छौं ।” सरकारलाई गलत काम गर्नबाट रोक्न र विगतमा भएका गल्तीहरुलाई सच्याउन दवावका रुपमा आन्दोलन हुने उहाँको भनाई थियो ।

    सरकारका अंगहरु फेल भईसकेका भन्दै उहाँले भन्नुभयो “सत्तामा बस्ने केही सीमित व्यक्तिहरु बाहेक यो सरकारबाट कोही सन्तुष्ट छैन ।” सत्ता गठबन्धनकै धेरै मान्छे सन्तुष्ट नभएको भन्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो “नेपाली कांग्रेसको उल्लेख्य हिस्सा ‘अब हामी यो सरकारको डिफेन्स गर्न सक्दैनौं’ भनिरहनु भएको छ ।” माओवादीका तल्लो तहका कार्यकर्ताहरु समेत ‘यो ढंगबाट हाम्रो पार्टी मुख देखाउन नसक्ने अवस्थामा पुग्यो’ भन्न थालेको ज्ञवालीको भनाई छ ।

    नीति, सिद्धान्त सबै नारायणीमा बगाईदिएपछि सत्ता स्वार्थ एकमात्रै अभिष्ठ भईसकेपछि गठबन्धन टिक्नु ठूलो कुरा नभएको भन्दै उहाँले प्रश्न गर्नुभयो “देश र गणतन्त्र टिक्छ कि टिक्दैन रु जनताका आशा र सपना टिक्छन् कि टिक्दैनन् रु प्रश्न यो हो ।”

    समाजमा ठूलो नैराश्यता उत्पन्न भएको भन्दै उहाँले भन्नुभयो “युवा पलायन भईरहेको स्थिति छ । यस्तो भास्य सिर्जना गरियो कि ‘यो देश बन्दैन । लथालिङ्ग हुन्छ’ भन्ने ढंगले नकारात्मक मनोविज्ञान निर्माण भएको छ ।” यसका विरुद्ध हस्तक्षेप गर्नु जरुरी भएको उहाँको भनाई छ ।

    उपमहासचिव ज्ञवालीले भन्नुभयो “देश सुध्रिनु प¥यो, देशभित्रै रोजगारीका अवसर सिर्जना हुनुप¥यो, युवाहरुमा यो देश बन्छ, बनाउन सकिन्छ भन्ने कुराको विश्वास जाग्नुप¥यो ।” यो गठबन्धनले गरेन भनेपनि देशमा एमाले छ है भन्ने सकारात्मक सन्देश दिन अभियानको रुपमा आन्दोलन अघि बढाईने उहाँको भनाई छ ।

    संक्रमणकालिन न्याय पीडित मैत्री हुनुपर्छ भन्ने एमालेको बटमलाईन भएको भन्दै ज्ञवालीले भन्नुभयो “पीडितले न्याय पाएको अनुभूति गर्नुपर्छ ।” प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा संक्रमणकालिन न्यायको मुद्दा जोडेर एमालेको गलत प्रचार गरिएको उहाँको भनाई थियो ।

    सो अवसरमा उहाँले सहकारीको मर्म बाहिर गएका केही सहकारीमा समस्या देखिएको बताउनुभयो । उहाँले बचतकर्ताको रकम हिनामिना गर्ने दोषीलाई कारवाहीको दायरामा ल्याएर बचतकर्ताको रकम सुरक्षित गर्नुपर्ने बताउनुभयो ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, प्रचार विभाग प्रमुख प्रकाश ढुंगाना, निशा अधिकारी लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रम चौतारीका सचिव ध्रुव खनालले सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.