सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजको सहयोग


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १४:४० 
  • भरतपुर, ४ माघ । चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजले विभिन्न सामाग्री सहयोग गरेको छ । मंगलबार कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले संघका अध्यक्ष सुदिप पियालाई कार्यालय प्रायोजनका लागि विभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । कलेजले संघको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर, फोटोकपी प्रिन्टर लगायतका सामाग्री प्रदान गरेको हो ।

    क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघका अध्यक्ष पियाले सेन्ट्रल कलेजको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो समय क्रिकेट संघलाई व्यवस्थित र खेलाडिमैत्री बनाउँदै लगिएको भन्दै कलेजको निरन्तर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

    कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर सहयोग गरिरहेको बतउनुभयो । उहाँले चितवन,नवलपुर र तनहुँमा हुने अधिकांस खेलकुद प्रतियोगितामा सेन्ट्रल कलेजले सहकार्य गर्दै आएको बताउनुभयो ।

    कलेजले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया,जापान,क्यानडा,यूके,युएसए लगायतका देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श र भिजा प्रोसेशिङको काम गर्दै आइरहेको छ । चितवन नवलपुरमा आफ्नै बस सेवा सञ्चालन गरिरहेको कलेजले लायन्सचोक स्थित आफ्नै भवनबाट सेवा दिने अन्तिम तयारी गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    अव्यवस्थित तार हटाइँदै
    • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
    • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
    • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
    • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.