सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरघरमा अण्डा पु-याउने अभियानमा किसान दाना, पाँचथरको फिदिममा १४ औं डिपो


  •    न्युजभित्तो/१ माघ २०८०, सोमबार १६:४९ 
  • चितवन, १ माघ । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सासम्म पु-याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सासम्म पुग्दा बिभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई सस्तो र ताजा अण्डा पु-याउन नसकिने भएकाले उद्योगले जिल्ला–जिल्लामा आफ्नै डिपो मार्फत अण्डा पु-याउन थालेको हो ।

    उद्योगले हालसम्म १४ वटा डिपो सञ्चालनमा ल्याएको छ । आज मात्र पाँचथरको फिदिममा १४ औं डिपोको शुभारम्भ गरिएको हो । डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले उद्घाटन गर्नुभएको छ । यस अघि १३ औं बिक्री डिपो इलाममा सञ्चालनमा ल्याईएको थियो । आफ्नो उत्पादन र संकलन भएको अण्डा आफ्नै डिपो मार्फत छिटो, छरितो र सर्वशुलभ रुपमा उपभोक्ताकोमा पु¥याउन डिपो सञ्चालनमा ल्याईएको पोख्रेलले जानकारी दिनुभयो ।

    पोख्रेलले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो । उहाँले यस अघि विभिन्न १३ ठाउँमा डिपो स्थापना गरिसकिएको जानकारी दिनुभयो ।

    डिपो मार्फत् सस्तो र गुणस्तरीय अण्डा उपभोक्तालाई दिन सकिने उहाँको भनाई छ । उत्पादक र उपभोक्ताकोबीचमा धेरै तह पार गर्नु पर्ने अवस्थाको अब अन्त्य हुने उहाँले बताउनुभयो । फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । उहाँले भन्नुभयो, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

    पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

    चितवनमा रहेको किसान दाना उद्योग प्रालिको समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालि सञ्चालन गरी चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुईलाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले ५ सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा दैनिक संकलन गर्ने गरेको छ ।

    हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । उद्योगका निर्देशक विपिन पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी, पोखरा, सोलुखुम्बु, ओखढुंगा र इलाममा यस अघिनै बिक्री केन्द्र खोलिएको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।”

    नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउँछ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी छ । पोखरेलका अनुसार अण्डा उत्पादन, संकलन, मल उत्पादन, मेस दाना (काँचो दाना) उत्पादनमा यो उद्योग नेपालको अग्रणी हो ।

    पछिल्लो समय पोल्ट्री क्षेत्र संकटमा पर्न थालेपछि यस उद्योगका कार्यकारी निर्देशक पोख्रेलको नेतृत्वमा लेयर्स कुखुरा पालक संघ गठन गरेर अण्डाको बजारी करणको काम भईरहेको छ । कोभिडपछि नेपालमा कुखुरा पालक कृषकहरुको संख्या घट्दो क्रममा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.