एक्सपर्ट एजुकेशन भरतपुरमा ‘क्यानडा युएसए एजुकेशन फेयर’ हुँदै
न्युजभित्तो/२६ पुष २०८०, बिहीबार १८:०९
चितवन, २६ पुस २६ । अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले ‘एक्सपर्ट क्यानडा र युएसए एजुकेशन फेयर–२०२३’ आयोजना गरेको छ । एक्सपर्टको आफ्नै कार्यालय भरतपुर महानगरपालिका वडा नं. १० (भाटभटेनी पछाडि) स्थित बेस क्याम्पमा पुस २७ गते शुक्रबारका दिन क्यानडा युएसए एजुकेशन फेयर गर्न लागेको हो ।
फेयर विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । क्यानडा र अमेरिका जान चाहेका विद्यार्थीहरुलाई सोही देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा परामर्श दिइने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । फेयरमा अभिभावक तथा विद्यार्थीहरुले सहभागि भएर भरपुर फाइदा उठाउन पाउने उहाँको भनाई छ ।
पछिल्लो समय नेपाली विद्यार्थीहरुको अर्को रोजाइको गन्तव्य क्यानडा र युएसए पर्न थालेकाले सही परामर्शका लागि फेयर आयोजना गरिएको अधिकारीको भनाई छ । फेयरमा क्यानडा र युएसएका ४१ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहनेछन् ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।