पुस २८ देखि माघ १० गतेसम्म खैरहनीमा खिचरा महोत्सव, तयारी तीव्र
न्युजभित्तो/२१ पुष २०८०, शनिबार १४:२६
खैरहनी (चितवन) । पूर्वी चितवनको खैरहनी नगरपालिकामा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव हुने भएको हो ।
माघी पर्वको अवसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताउनुभयो। प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ ।
महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलन आदिमकालदेखि आदिवासी थारु समुदायको बसोबास रहेको चितवन जिल्लाकै पहिलो खिचरा महोत्सले आफ्नै विशेषता र महत्व रहेको संयोजक चौधरीले बताउनुभयो। “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान“ भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएको छ ।
खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवर्द्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको भन्दै उहाँले यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेको संयोजक चौधरीले बताउनुभयो। महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रबद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रबद्र्धन गराउन १५० वटा स्टल रहने छन् ।
होटल स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकार तथा शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहने छन् । महोत्सवकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
विगतवर्ष झै यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु ५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु ३० कायम गरिएको थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले जानकारी दिनुभयो। जेष्ठ नागरिक र अपाङ्गहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने टिकटघरमा हुने भिडभाड कम गर्न डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।
साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाँच जस्ता साँस्कृतिक प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स आइडल रहनेछ । विगत वर्ष झै यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ ।
विगतका महोत्सवबाट थारु जातिको कला, संस्कृति, भाषा, भेषभुसा संरक्षणमा महत्वपूर्ण उपलब्ध भएको भन्दै युवा पुस्तामा हस्तान्तरण गर्न महोत्सव फलदायी हुने बताईयो ।
पूर्वी चितवन तरकारी खेतीको मुख्य केन्द्रविन्दु रहेको हुँदा हरेक वर्षझै कृषकहरुलाई नगदसहित सम्मान गरिने कार्यक्रम रहेको छ । समापन कार्यक्रममा आदिबासी जनजातिका सवालहरुमा क्रियाशील रहेका चितवनका पत्रकारहरु मध्ये एकजनालाई नगदसहित सम्मान गरिनेछ । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।
महोत्सवको सह–आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देखि १० सम्म रहेका छन् ।
महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्षहरु छत्रनाथ सुवेदी, मनेजर चौधरी, बन्धुराम महतो, कार्यबहाक वडाध्यक्ष सुरेन्द्र चौधरी, थाकसका केन्द्रीय पार्षद कृष्णलाल चौधरी, थाकस क्षेत्र नं ७ का संस्थापक अध्यक्ष नारायण महतो लगायतको उपस्थिति रहेको थियो ।