सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकार अधिकारी र ढुङ्गाना सम्मानित


  •    न्युजभित्तो/२१ पुष २०८०, शनिबार ०८:५५ 
  • काठमाडौँ, २१ पुस । विगत लामो समयदेखि पोल्ट्री क्षेत्रको विकास र प्रबद्र्धनका लागि योगदान पु¥याएको भन्दै राससकर्मी नारायण अधिकारी र नारायण ढुङ्गानालाई सम्मान गरिएको छ । नेपाल ह्याचरी उद्योग संघलेको १७औँ साधारणसभा तथा अधिवेशनका क्रममा उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

    कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले उहाँहरुलाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो । पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी रासस चितवनका प्रमुख हुनुहुन्छ भने ढुङ्गाना काठमाडौँबाट राससमा रिपोटिङ गर्दै आउनुभएको छ । सो क्रममा अर्का पत्रकार मधुसुदन गुरागाईंलाई पनि सम्मान गरिएको थियो ।

    सो क्रममा पोल्ट्री जन्य उत्पादनमा अब्बल अविनास ह्याचरी तथा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै सचिव पौडेलले मन्त्रालय यस क्षेत्रमा रहेका ऐन, कानुन, नीति, नियम तथा निर्देशिका परिमार्जनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक समन्वयको खाँचो औँल्याउनुभयो । उहाँले आपसी छलफल गरेर अघि बढ्दा समाधान नहुने समस्या नरहेको दावी पनि गर्नुभयो ।

    मन्त्रालयका सहसचिव सूर्य पौडेलले बाहिर कुरा गर्न भन्दा सँगै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले नेपालका कुखुरा व्यवसायीहरुमा उत्पादन लागत बढ्दा समस्या रहेको बताउँदै समस्या समाधानका लागि राज्य तयार रहेको बताउनुभयो । उहाँले ह्याचरी उद्योग घट्नु दुखद भएको बताउनुभयो ।

    नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले नेपालमा कुखुरा व्यवसाय विगत ४ वर्षदेखि ओरालो लाग्दै आएकोमा दुख व्यक्त गर्नुभयो ।

    उहाँले १६० अर्ब लगानी रहेको र गार्हस्थ उत्पादनमा ३।५ प्रतिशत योगदान पुर्याएको पोल्ट्री क्षेत्रमा ५ लाख रोजगारी सिर्जना भएको बताउनुभयो । उहाँले अहिले यस क्षेत्र प्रभावित भएको र ३४४ सदस्य रहेको ह्याचरी उद्योगमा घटेर १२१ मा झर्नु दुखद पक्ष भएको बताउनुभयो । उहाँले कुखुरा व्यवसायलाई धरासायी हुन नदिन सरकारसँग अनुरोध गर्नुभयो ।

    सो क्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द विष्टले पोल्ट्री क्षेत्रको विकास र समस्या समाधानमा सरकारले खास काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले पोल्ट्री बोर्ड बनाउने कुरा ओझेलमा परेको उल्लेख गर्दै उहाँले त्यसका लागि बनेको निर्देशक समितिलाई क्रियाशिल बनाउन सरकारसँग माग गर्नुभयो ।

    कार्यक्रममा संघका उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाल कुखुरा व्यवासायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुरा व्यवसायमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

     

    संघका साधारणसभाले लक्ष्मीदास मानन्धरलाई नयाँ अध्यक्षमा र राजेन्द्र लामिछानेलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

    यसैगरी प्रथम उपाध्यक्ष डा बलराम किसी, दित्तिय उपाध्यक्ष बलराम सन्जेल, महासचिव ज्ञानवहादुर बिसुराल, कोषाध्यक्ष श्री नवराज पौडेल र सचिव बिबेक भट्ट निर्वाचित हुनु भएको छ ।

    यस्तै सदस्यहरुमा बिष्णुप्रसाद रिमाल, बोधराज निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातनन्द कँडेल, मनिराज नौनियाल, कपिलबाबु खनाल, मोहम्मद रिजवान अहमद, नारायण गिरी र युवराज अधिकारी निर्वाचित हुनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.