सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता


  •    न्युजभित्तो/१९ पुष २०८०, बिहीबार १७:३९ 
  • चितवन, १९ पुस । नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।

    उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच–पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएकोे थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर ठेक्का लगाइएका तटबन्धका लागि थप बजेट निकासा नहुँदा काम रोकिएको हो ।

    तटबन्धका लागि रु चार अर्ब ७२ करोड बजेट छुट्याइएकामा विभिन्न चरणको ठेक्काका लागि रु तीन अर्ब ९५ करोडमा सम्झौता गरिएको थियो । चालु आर्थिक वर्षमा खरिद गुरुयोजनाअनुसार थप रु एक अर्ब १३ करोड आवश्यक पर्नेमा जम्मा रु १६ करोड ४० लाखमात्रै बजेट विनियोजन भएको छ । त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ । गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम रु ४२ करोड ४७ लाख बाँकी छ । सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन नसकिएको उहाँले बताउनुभयो ।

    आयोजना प्रमुख साहले भन्नुभयो, “भुक्तानी नपाएका कारण निर्माण कम्पनीहरूले काममा उत्सुकता देखाएका छैनन् ।” थप काम गर्न नसक्दा विगत वर्षहरूमा बनेका अपूरो काम आउँदो वर्षात्मा बिग्रन सक्ने उहाँले बताउनुभयो । कतिपय ठाउँमा तटबन्ध बने पनि संरक्षणका लागि लगाउनुपर्ने ब्लक, जाली, ढुङ्गा राख्न नपाइएकाले अधुरै भएको उहाँको भनाइ थियो । आयोजना प्रमुख साहले भन्नुभयो, “नदीका अपूरो काम पूरा गर्न नसक्दा थप नोक्सान हामीले व्यहोर्नुपर्ने देखिएको छ ।”

    नदी तटबन्धका लागि निरन्तर पहल गरिरहेको भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता भई काम भएको निर्माण कम्पनीलाई भुक्तानी गरेर काम अघि बढाउन ताकेता गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकसँग पटक–पटक यस विषयमा कुरा भएको बताउनुभयो ।

    आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको उहाँको भनाइ थियो । महनगरप्रमुख दाहालले भन्नुभयो, “सकारात्मक आश्वासन प्राप्त भएको छ, मलाई विश्वास छ छिट्टै बजेट निकासा भएर काम सुरु हुन्छ ।”

    कतिपय तटबन्धको काम चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले समय मिलाएर काम गर्नुपर्ने हुन्छ । त्यहाँ नदीमा रहेका जलचरलाई असर नपर्ने गरी समय मिलाउनुपर्ने अवस्था छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.