सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान जान चाहने आठ सय विद्यार्थीलाई एकै ठाउँमा राखेर सेन्ट्रल कलेजको अभिमुखिकरण


  •    न्युजभित्तो/९ पुष २०८०, सोमबार १८:४५ 
  • चितवन, ९ पुस । उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय र भौगोलिक वातावरण, एप्लाई गर्ने तरिका लगायतमा विषयमा अभिमुखिकरण गरिएको हो ।

    भरतपुरमा भएको अभिमुखिकरण कार्यक्रममा चितवन सहित यस आसपासका जिल्लाका आठ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । विशेषगरी जापान एप्लाई गरेका विद्यार्थी र जान चाहने विद्यार्थी दुवैलाई लक्षित गर्दै अभिमुखिकरण गरिएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) ले जानाकारी दिनुभयो । आगामी दिनमा पनि विद्यार्थीका लागि छुट्टै अभिमुखिकरण कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “हामीले एम्लाई गरेका विद्यार्थीलाई र सन् २०२४ मा एप्लाई गर्ने तयारीमा रहनुभएका विद्यार्थीलाई अभिमुखिकरण राखेका छौं, अभिमुखीकरणले विद्यार्थीमा रहेका भ्रमहरु निवारण हुनेछन् ।” ‘एउटै हलमा आठसय बढी विद्यार्थी राखेर सिकाउने प्रयास गरेको उहाँले बताउनुभयो । कलेजबाट पनि परामर्श दिँदै आएको बताउँदै पौडेलले विद्यार्थीलाई अझै धेरै ज्ञान प्रदान गर्नका लागि अभिमुखिकरण कार्यक्रम गरिएको बताउनुभयो ।

    कलेजले आफ्नो मुख्य कार्यालय लायन्सचोक, प्रेसमार्ग, नारायणगढ र शाखा कार्यालयहरुमा जापानिज भाषाका कक्षा सञ्चालन हुँदै आएको छ । उहाँले दक्ष र अनुभवी जापानिज भाषाका शिक्षकहरुद्वारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरको मुख्य कार्यालय नारायणगढ, शाखा कार्यालयहरु सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासेती र तनहुँको डुम्रेबाट पनि जापानिज भाषाका कक्षा सञ्चालन भएका छन् ।

    यस्तै कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए,दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ । १२ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आइरहेको छ ।

    कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु पनि निरन्तर सञ्चालनमा रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहाने विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उहाँले बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कामहरु गर्दै आएको छ ।

    कलेजले नयाँ बर्षबाट नारायणगढ ओरालोमा आफ्नै भवन सेन्ट्रल टावरबाट विद्यार्थीलाई सेवा दिँदै छ । भवन निर्माणको अन्तिम चरणमा छ । जापान र अष्ट्रेलियामा समेत आफ्नो सम्पर्क कार्यालय रहेको कलेजले चितवन र नवलपुरका विद्यार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.