सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी नगरपालिकाले घटायो एक करोड नौ लाख प्रशासनिक खर्च


  •    न्युजभित्तो/६ पुष २०८०, शुक्रबार १७:२४ 
  • खैरहनी (चितवन), ६ पुस । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पास गरेको छ । पुष ६ गते सम्पन्न चौधौं नगर सभाले चालू खर्च तर्फ एक करोड नौ लाख रुपैयाँ बजेट घटाएको हो ।

    नगर प्रमुख शशी कुमार खनियाका अनुसार चालु खर्चबाट घटाइएको रकमलाई पूँजीगत खर्चमा रकमान्तर गरी बिभिन्न विकास निर्माणको योजनाहरुमा विनियोजन गरिएको छ । विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै नगरबासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले बताउनुभयो ।

    नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयहरूको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगरबासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनु पर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने गरी निर्णय गरेको जानकारी दिनुभयो ।

    चालु आर्थिक बर्षको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालु खर्च तर्फ कार्यालय संचालन तथा प्रशासनिक खर्चको व्यय अनुमान ११ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको थियो । चौधौं नगरसभाले सो अनुमानित बजेट घटाएर १० करोड ९९ लाख रुपैयाँ कायम गरेको र विभिन्न नगरस्तरीय कार्यक्रमहरुको व्यय अनुमान ४९ लाख २५ हजार रुपैयाँलाई रकमान्तर गरी ४० लाख २५ हजार रुपैयाँ कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताउनुभयो ।

    नगर सभामा उपप्रमुख उप्रेतीद्वारा पेस सभामा पेस भएको तेह्रौं नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र बिभिन्न राजस्वका दरहरूलाई संशोधन सम्बन्धी प्रस्ताव सभा समक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    नगरसभामा कार्यपालिकाले चालु आव श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन समेत सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.