सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनुसन्धानको डरलाग्दो खुलासा: स्मार्टफोनले २४ सै घण्टा सुनिरहेको हुन्छ तपाईंको कुरा!


  •    न्युजभित्तो/३ पुष २०८०, मंगलवार १३:२६ 
  • काठमाडौं, ३ पुस । कहिलेकाही तपाईंले आफ्ना साथीहरुसँग कुनै कुरा गर्नुहुन्छ वा कुनै सरसामानको बारेमा चर्चा गर्नुभएको हुन्छ । त्यसको केही बेरमै तपाईंले आफ्नो सोसल मिडिया अकाउन्ट लगइन गर्नुभयो भने अचम्म लाग्दो दृश्य देखिन्छ । किनकि तपाईंले केहीबेरअघि कुरा गरेका वस्तु वा विषयहरुसँग सम्बन्धित विज्ञापनहरु सोसल मिडिया पेजमा देखिन थाल्छन् ।

    तपाईंलाई लाग्नसक्छ कि यस्तो कसरी भयो रु वास्तवमा तपाईंको फोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ । सुन्नमा यो थोरै अनौठो लाग्नसक्छ, तर यथार्थ चाहिँ त्यही नै हो । नयाँ अनुसन्धानले यसको पुष्टि गरेको छ ।

    कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्टइन माइक्रोफोन भएका स्मार्टफोनहरुले २४ सै घण्टा प्रयोगकर्ताको जासुसी गरिरहेका हुन्छन् । बिल्टइन माइक्रोफोनयुक्त स्मार्टफोनले हरपल प्रयोगकर्ताहरुको कुरा सुनिरहेका हुन्छन् ।

    केवल स्मार्टफोन मात्र होइन, टेलिभिजन तथा स्पिकरमा समेत बिल्टइन माइक्रोफोन हुन्छ र ती उपकरणले समेत प्रयोगकर्ताका कुराकानी सुनिरहेका हुन्छन् । ती उपकरणले प्रयोगकर्ताका कुरा सुनेर त्यसको एक डाटा बैंक तयार गर्ने र सोही डाटाको आधारमा रियल टाइममा विज्ञापन देखाउने गर्दछन् ।

    बिल्टइन माइक्रोफोनयुक्त ग्याजेटलाई प्रयोगकर्ताको सप्ताहन्तको योजना, प्रयोगकर्ताको घर, सन्चो(बिसन्चो तथा भविष्यको योजनालगायतका सबै कुराहरुको बारेमा जानकारी हुन्छ ।

    कहिलेकाही त हामीले आफ्नो सोसल मिडियामा यस्ता प्रडक्टहरुको विज्ञापन पनि देख्दछौं जसको बारेमा हामीले कहिल्यै पनि इन्टरनेटमा सर्च गरेका हुँदैनौं । यस्तो खालका विज्ञापनहरु स्मार्ट ग्याजेटको सहयोगमा देखाइन्छ । स्मार्ट ग्याजेटले तपाईंको कुरा सुन्छ र त्यसको आधारमा विज्ञापन एजेन्सीहरुले तपाईंलाई लक्षित गर्दछन् ।

    आजकल सबै स्मार्ट टेलिभिजनहरुमा भ्वाइस कमान्ड प्रविधि हुन्छ । अर्थात् प्रयोगकर्ताले टिभीमा बोलेरै सर्च गर्न सक्दछन् । यो सबै टिभीमा रहेको माइक्रोफोनबाट सम्भव भएको हुन्छ । यस्तो खालका स्मार्ट टिभीले पनि तपाईंका गोप्य कुरा सुन्न सक्दछन् । यसका अलावा स्मार्ट स्पिकरले पनि तपाइँका कुरा सन्न सक्दछन् जसबाट तपाईं हरेक दिन विभिन्न खालका कुरा गर्नुहुन्छ ।

    त्यसैले यदि तपाईं यस्तो खालको जासुसीबाट बँच्न चाहनुहुन्छ वा यी ग्याजेटले आफ्नो कुरा नसुनुन् भन्ने चाहनुहुन्छ भने कुराकानी गर्ने समयमा इन्टरनेट बन्द गर्नुहोस्। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.