सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शम्भु सुवेदीको फार्ममा एक किलो बढीका ड्रागन


  •    न्युजभित्तो/११ मंसिर २०८०, सोमबार १६:५९ 
  • चितवन, ११ मङ्सिर । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताउनुभयो ।
    आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्को फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पु¥याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।”
    सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीन वर्ष यतादेखि ड्रागन फलको खेती गर्दै आउनुभएको छ । यस वर्षका हालसम्म रू आठ लाख बराबरको बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । फल फल्नेक्रम जारी रहेको भन्दै उहाँले यस वर्ष फल र बिरुवा गरेर रू २० लाखको बिक्री गर्ने योजना रहेको बताउनुभयो । 
    ”यस वर्ष रू सात÷आठ लाखको बिरुवा पनि बिक्री गर्ने योजनामा छु ।” भाँचिएका हाँगासमेत उपयोग गरेर बिरुवा तयार गर्न सकिन्छ”, सुवेदीले भन्नुभयो, “मेहनत ग¥यो भने एक वर्षमा एक हेक्टर जमिनमा रू २० लाखको ड्रागन बेच्न सकिन्छ । यसबाट रू आठ लाख हाराहारी बचत हुन्छ ।” गत वर्ष रू १६ लाखको ड्रागन फल र बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।
    पहिलो वर्ष पाँचरछ महिनापछि नै उत्पादन लिन थालेको बताउँदै सुवेदीले अहिले ड्रागन लगाएको ठाउँमा सयपत्री फूल, बदाम, भटमाससमेत लगाएको बताउनुभयो । “यसै महिनादेखि जिरा पनि लगाउँदै छु । नेपालमा बर्सेनि रू २७ अर्बको जिरा आयात हुन्छ”, उहाँले भन्नुभयो ।  
    सुवेदीले फार्ममा उत्पादन भएको ड्रागनलाई प्रतिकिलो रू चार सयदेखि छ सयसम्ममा आकारका आधारमा बिक्री गर्दै आउनुभएको छ । व्यावसायिकरुपमा काम गर्न सरकारी अनुदान प्राप्त भएको सुवेदीले बताउनुभयो । झण्डै रू ६० लाख लगानी गरेको जनाउँदै उहाँले रू १५ लाख अनुदान पाएको बताउनुभयो । योसँगै रू छ लाख बराबरको सरकारी निकायबाट बोरिङ राखिएको उहाँको भनाइ थियो ।
    आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ । बिरुवा उत्पादनदेखि बिक्रीसम्म उहाँले गरिरहनुभएको छ । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उहाँले व्यावसायिक कृषि गरेर यही सम्भव छ भन्ने देखाउनुभएको छ ।
    सुवेदीले मलेसियाबाट एक हजार, भियतनामबाट दुई हजार र भारतको राजस्थानबाट दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती सुरु गरेको जानकारी दिनुभयो । विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिमजस्ता मानव जीवनमा आवश्यक प्रशोधित सामग्रीको उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले यस खेतीमा एकपटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताउनुभयो ।
    वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेषगरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरालगायतका सहरमा पुग्ने गरेको छ । सुवेदीले उद्योग सङ्घको शनिबारे हाटबजार र फार्मबाटै बिक्री गर्दै आउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.