सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वुमन्स च्याम्पियन्स लिगमा चितवनको विजयी शुरुआत


  •    न्युजभित्तो/२९ आश्विन २०७६, बुधबार १८:१३ 
  • काठमाडौँ . क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी शुरुआत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । काठमाडौँले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

    चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिँदा प्यारी चौधरीले अविजित २४ रन जोडिन् । त्यस्तै रीतु कनोजियाले १४ तथा काजोल श्रेष्ठले ११ रन जोडिन् । बलिङतर्फ काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट हात पार्दा संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान एक÷एक विकेट लिएका थिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९२ रनमा समेटिएको थियो । काठमाडौँका लागि रश्मी चौलागाइँले सर्वाधिक ३४ रन जोडिन् भने सरस्वती चौधरीले १५ तथा कप्तान रुबिना क्षेत्री एक रनमा बाहिरिOन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन् भने रेखा रावल र कविता गौतमले समान दुई÷दुई विकेट लिएका थिए ।

    आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्स छन् । प्रतियोगिताका विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.