सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाजमा विद्यमान विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल


  •    न्युजभित्तो/३ मंसिर २०८०, आईतवार १३:२८ 
  • काठमाडौँ, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

    छठ पर्वका अवसरमा आज यहाँ शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जनजातिका समुदायले परम्परागतरुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले सम्पूर्ण पृथ्वीलाई समानरुपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामासमेत मनाइने गरेको उल्लेख गर्नुभयो ।

    हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रुपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलिया बनाउने विश्वास व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्ंकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.