सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण: मन्त्री शर्मा


  •    न्युजभित्तो/१ मंसिर २०८०, शुक्रबार १६:४९ 
  • दाङ, १ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिनुभयो ।

    समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताउनुभयो । जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरुक हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।

    विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ थियो ।

    मन्त्री शर्माले भन्नुभयो, “यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रीत काम भइरहेका छन् ।” कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्ने गरी काम गर्न आग्रह गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.