सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्प प्रभावितलाई एक्सपर्टद्वारा पाँच लाख बराबरको राहत सामग्री वितरण


  •    न्युजभित्तो/२६ कार्तिक २०८०, आईतवार ०८:३० 
  • चितवन, कात्तिक २६ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्प प्रभावितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

    एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम) को अति प्रभावित आठविषकोट नगरपालिका वडा नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको छ । राहत सामग्री वितरणमा वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    राहत सामग्री वितरण गरेकोमा फाउण्डेशनलाई नगर प्रमुख रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत ईन्द्रबहादुर विष्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँहरुले विपद्को बेलामा एक्सपर्टले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

    एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपद्मा सहयोग गर्दै आइरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सानो सहयोग स्वरुप फाउण्डेशनमार्फत राहत सामग्री वितरण गरिएको बताउनुभयो । देशमा आइपर्ने संकट समाधानका लागि सबैले सकेको हातेमालो गर्दै जानुपर्ने भन्दै भूकम्पपीडितलाई आवश्यक सहयोगमा जुट्न सबैमा आग्रह समेत गर्नुभयो।

    राहत सामग्री लिएर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिजेस नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली रुकुम पश्चिम पुग्नु भएको थियो । उहाँले स्थानीय निकायलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा बोल्दै ज्ञवालीले मानवीय सङ्कटमा सहयोग गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो । उहाँले राहत सामग्री प्रदान गर्ने फाउन्डेसनका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामुलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपद्को घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ । यस संथाले सन् २०१५ को भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण, बाढी पीडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर, स्यानिटाईजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि क्रियाशील रहेको छ । यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.