सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेसिज विकास रनिङ शिल्ड भोलि शुक्रबारदेखि


  •    न्युजभित्तो/२९ आश्विन २०७६, बुधबार १०:५२ 
  • चितवन । नारायणगढको क्याम्पाचौरमा भोलि (शुक्रबार) देखि शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ । आयोजकले यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

    कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड समितिका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिनुभयो । नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल सङ्घको सहआयोजना र समितिको सहयोगमा हुनलागेको सो प्रतियोगितामा ‘ए’ डिभिजनका सहित १० राष्ट्रिय टिम सहभागी हुनेछन् ।

    नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार मैदान सम्याउने र दुबो हरियो बनाउने काम सकिएको छ । चारैतिर बार लगाइएको छ । दर्शकलाई बस्न सहज होस् भन्नका लागि मैदानको पश्चिमतर्फ अस्थायी प्यारापिटमा एक हजार पाँच सय दर्शक बस्न सक्ने क्षमता रहेको छ । प्रतियोगिताका लागि बनाइएका १६ उपसमितिहरूले सबै तयारी अन्तिम चरणमा पुर्याएको प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा ‘ए’ डिभिजनका सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, सरस्वती क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा क्लब तथा चितवन ११, मकवानपुर ११, झापा ११ र भारतको युनाइटेड दार्जलिङबीच प्रतिस्पर्धा हुनेछ । खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’मा चितवन ११, झापा ११, सशस्त्र, मकवानपुर ११ र नेपाल आर्मी रहेका छन् । समूह ‘ख’ मा सङ्कटा, सरस्वती, पुलिस, जावलाखेल र युनाइटेड रहेका छन् ।

    प्रतियोगिताको विजेताले रु छ लाख छ हजार ६६, शिल्ड र उपविजेताले रु तीन लाख तीन हजार ३३ र शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिता अवलोकनका लागि पहिलो चरणमा रु १०० र २०० को टिकट व्यवस्था गरिएको छ । क्वाटरफाइनलपछि भने टिकट दर फरक पर्न सक्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो ।

    यो प्रतियोगितामा झण्डै चार दशकअघिको विकास रनिङ शिल्ड र दुई वर्षअघि शुरु भएको जेसिज कप फुटबल प्रतियोगिता मिलाएर यसपटक संयुक्तरूपमा जेसिज विकास रनिङ शिल्ड गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.