सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार घिमिरेको सयपत्री फूलखेतीः ३५ हजार लगानीमा ३ लाख बढीको उत्पादन गर्ने लक्ष्य


  •    न्युजभित्तो/१५ कार्तिक २०८०, बुधबार ०७:४६ 
  • रत्ननगर, १५ कात्तिक । चितवनका क्रियाशील पत्रकार निराजन घिमिरेले व्यवसायिक फूलखेती गर्नुभएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा उहाँले फूलखेती गर्नुभएको हो ।

    घिमिरेले पाँच कट्ठा क्षेत्रफलमा फूलखेती गर्न ३५ हजार रुपैयाँ मात्र लगानी गर्नुभएको छ । उहाँले फूल बिक्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा राखेको बताउनुभयो । एककपटक हुर्केको बिरूवाबाट चारपटकसम्म फूल उत्पादन हुने उहाँको भनाई छ । तिहारलाई लक्षित गरी २ हजार माला तयार हुने गरी फूल उत्पादन गरेको घिमिरेले बताउनुभयो ।

    बजारमा अहिले प्रतिमाला एक सय रुपैयाँ र प्रतिकिलो ४०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ । तिहारका बेलामा भारतबाट समेत फूल आयात हुने गरेको कुरा सुन्दा दुःख लागेको भन्दै आफैंले पनि फूल उत्पादन गरेर परनिर्भरता हटाएर सकिने प्रेस चौतारी चितवनका सदस्य समेत रहनु भएका घिमिरेले बताउनुभयो। व्यवसायिक फूलखेतीबाट सफल भए यसमा आफूले फाइदा देखेको उहाँको भनाई छ ।

    रत्ननगरमा पाँच बिघा क्षेत्रफलमा ५० हजार मालाका लागि पुग्ने फूल उत्पादन गरिएको छ । तीनवटा कृषक समूहसहित एक दर्जन बढी किसानहरुले यसै वर्षदेखि व्यावसायिकरुपमा फूलखेती गरेका छन् ।

    नगरपालिकाले व्यावसायिक फूलखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गरी नगरभित्रका बजारमा प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.