सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ: गृहमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१५ आश्विन २०८०, सोमबार १६:२० 
  • हेटौँडा,  १५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
    हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाउनुभयो ।
    देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उहाँको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।”
    राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएकोे उहाँले जानकारी दिनुभयो ।
    गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो ।
    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कानुनी समस्याका कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउँदै प्रदेश सरकार सञ्चारमाध्यमको विकासका लागि हरदम तयार रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई नियमनसँगै उत्कृष्टताका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।
    बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृिद्ध फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै सरकारलाई धन्यवादसमेत दिनुभयो । सबैले आफ्नो स्थानबाट कर्तव्यको पालना गरेमा सुशासन कायम गर्न सकिने मन्त्री मोक्तानको विश्वास छ ।
    बागमती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजनासहित अगाडि बढेको बताउँदै उहाँले अब प्रदेशमा युवालाई स्वरोजगार बनाउनेतर्फ प्रदेश सरकार लागेको जनाउनुभयो । निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष सुनिल खड्काले सञ्चारको क्षेत्रबाट देश विकास र समृद्धिको यात्रामा लागि परेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.