सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर २ मा बाँझो जमिन राख्नेलाई जरिवाना गरिने


  •    न्युजभित्तो/२९ भाद्र २०८०, शुक्रबार १९:२५ 
  • चितवन २९ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ । यो वडा भरतपुरको मुख्य शहरी क्षेत्र नजिक क्षेत्रपुरमा पर्दछ ।

    वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडा भित्रका कुनैपनि जमिन बाँझो रहन नदिनका लागि टोलहरु मर्फत तथ्याङ्क लिन थालिएको छ । वडा भित्र १८ वटा टोल रहेका छन् । वडा अध्यक्ष रानाभाटले भन्नुभयो “अबको चारदिन भित्रमा सबै तथ्याङ्क संकलन भईसक्छ ।”

    वातस्विक तथ्याङ्क संकलन भएपछि थाहा हुने भए पनि २५ प्रतिशत जमिन बाँझो रहेको अनुमान गरिएको रानाभाटले वताउनुभयो । उहाँले भन्नुभयो “बाँझो जमिनमा कि त आफै काम गर्नुप¥यो । कि काम गर्नेहरुलाई दिनुप¥यो । अन्यथा जरिवाना नै लगाईने छ ।”
    स्थानीय वडावासीहरुले बाँझो जमिन छोडेकाहरुको सो जमिनमा उव्जनी हुने बराबरको जरिवाना लगाउनु पर्ने सुझाव दिएको भए पनि के कति जरिवाना लगाउने भन्ने बिषयमा दर रेट टुङ्गो लागिसकेको छैन । वडालाई महानगरकै उत्कृष्ट वडाको रुपमा विकास गर्न लागिएको भन्दै उहाँले जमिनलाई बाँझो र झाडीको रुपमा परिणत गर्न नदिने बताउनुभयो । बाँझो जमिनमा खेती गर्दैगर्दा आम्दानी थोरै भएपनि यसले राष्ट्रिय आयमा टेवा पुग्ने उहाँको भनाई छ ।

    यो वडामा करिब २५ हजार जनसंख्या रहेको छ । महानगर भित्र तीब्र्र विकास भएको वडा मध्येमा यो पनि पर्दछ । वडाले जिपिएस प्रबिधिबाट घरको नम्बरिङ् गर्ने काम पनि अघि वढाउँदै छ । रानाभाटका अनुसार सबै घरको बिस्तृत तथ्याङ्क वडा कार्यालयसँग रहने गरी काम गर्न लागिएको हो । वडालाई हरियाली वडाको रुपमा विकास गर्न लागिएको छ । यो भरतपुरको मुख्य बजार नारायणगढ नजिक रहेको पुरानो व्यवस्थित वस्ति भएको वडा हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.