सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइएसएमटी कलेजमा भएको ‘जब फेयर’ मा विद्यार्थीको उत्साहजनक सहभागिता


  •    न्युजभित्तो/२५ भाद्र २०८०, सोमबार १८:३७ 
  • चितवन, २५ भदौ । आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिसरमा आज फेयर सम्पन्न भएको हो ।

    सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले जबको अफर गरेका छन् । आइएसएमटी चितवनका एशोसियट अपरेशन मेनेजर अस्मित आचार्यले विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयर आयोजना गरिएको बताउनुभयो । उहाँले संभवतः नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर आयोजना गरिएको बताउनुभयो ।

    आचार्यका अनुसार फेयरमा भायनेट, देवसाइन, भवानी इन्फोटेक, इन्टेल्जी, हर्टसन, डिजीटल यति र चितवन गार्डेन रिसोर्टले जबको लागि आवेदन माग गरेका थिए । उहाँले भन्नुभयो “कलेज परिसरको फेयरमा ८ वटा कम्पनीले स्टल राख्नु भएको छ, अन द स्पोट जब (रोजगारी) दिनका लागि यहीं ईन्टरभ्यू र अनुभवी कागज लिएर छनौट हुन्छ ।

    मेलामा कलेजका बीएचएम, बिएसआईटी पढ्दै गरेका र पढाई सकेका विद्यार्थीलाई लक्षित गरिएको उहाँको भनाई छ। दिनभर चलेको मेलामा सय भन्दा बढीले आवेदन दिएको र अन्य सहभागी गरी दुईसय भन्दा बढीको सहभागिता रहेको थियो ।

    विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै रोजगारीका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धिमुलक भएको आचार्यको भनाई छ । जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण, डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाईल एप डेभलपमेन्ट लगायतका जबहरु माग गरिएको थियो ।

    कलेजमा हाल बिएससी हन्स (कम्युटर सिस्टम ईञ्जिनियरिङ) आइटी, बीएचएमका कोर्षहरु सञ्चालन भईरहेका छन् । आइएसएमटी कलेज बेलायतको प्रख्यात शैक्षिक संस्था युनिभर्सिटि अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।

    व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको अभिभावकहरु बताउँछन् । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम शुल्कमा बेलायत स्थित युनिभर्सिटिअफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आएको छ । कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यो शिक्षाको लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशतसम्म छात्रवृति दिने व्यवस्था गरेकोे छ ।

    आइएसएमटी कलेजको थप विशेष सुविधा भनेको कोर्ष क्रेडिट ट्रान्सफर हो । विद्यार्थीलाई आफ्नो पढाइको केही कोर्ष यहीं पढ्ने र बाँकी अध्ययन बेलायत, अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीबाट पुरा गर्न सकिने व्यवस्था समेत कलेजले उपलब्ध गराउँदै आएको छ । यसले नेपाली विद्यार्थीलाई आर्थिक भार कम हुने र विदेशका युनिर्भसिटीको अध्ययन अध्यापनको अभ्यास यहीं गर्दै आएकोले विदेश गएर पनि उच्च शिक्षा हासिल गर्न सहज भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.