सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय


  •    न्युजभित्तो/२२ भाद्र २०८०, शुक्रबार १३:४१ 
  • चितवन,२२ भदौ। विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।

    पुस्तकालयमा वैदिक सनातन धर्मले दिएको शास्त्रको समेत अध्ययन गराइने छ । कलेजका विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई समेत उपयोगी हुने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । हरिक दिन बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म र साँझ ४ः३० बजेदेखि ६ः३० बजेसम्म पुस्तकालय सञ्चालनमा आउने छ । सो समयमा विद्यार्थीलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइने छ । विशेषज्ञ व्यक्तिले आलोपालो गरी सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।

    यससँगै नियमितरुपमा भागवत गीताको कक्षा पनि सञ्चालन हुनेछ । एक पटकमा ७० जनाले पुस्तकालयमा बसेर ज्ञान आर्जन गर्न सक्नेछन् । पुस्तकालयमा बहुउपयोगी पुस्तकसमेत राखिएका छन् । कलेजमा एक हजार एकसय ९२ विद्यार्थी अध्ययनरत छन् । कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइरालाका अनुसार त्यहाँ स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा छ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा रहेका छन् ।

    कलेज भरतपुर महानगरपालिका ५ कैलाशनगरमा छ । कलेजले पुस्तकालय स्थापना हुनुअघि पनि समय समयमा सकारात्मक सोचसँग सम्बन्धित -मोटिभेसन_ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्नसके पढाइमा पनि सफलता मिल्ने बताउनुभयो । उच्च शिक्षा अध्ययनपछि कार्यक्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास भएकाहरुले राम्रो सेवा दिन सक्ने उहाँको भनाइ छ । पछिल्ला वर्षहरुमा नकारात्मक चिन्तनको विकास भएको भन्दै उहाँले शिक्षालय र घरमा अभिभावकले विद्यार्थीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.