सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंक पदमपुर शाखाले दियो विद्यालयलाई शैक्षिक सामग्री


  •    न्युजभित्तो/१८ भाद्र २०८०, सोमबार २१:१९ 
  • चितवन, १८ भदौ । कामना सेवा विकास बैंक पदमपुर शाखाले विद्यालयले बाद्यवाधन र खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले कालिका नगरपालिका वडा नं. ४ मा रहेको श्री आधारभूत विद्यालय गड्यौलीलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

    सो अवसरमा बैंकका शाखा प्रबन्धक धर्ती देवकोटाका बैंकले मादल, झ्याली, भलिबल, फुटबल, डोरी फिङ्ग लगायतका सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।

    कार्यक्रममा शाखा प्रबन्धक देवकोटाले बैंकले सामाजिक उत्तरादायित्व अन्तर्गत यी सामग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको शैक्षिक साथै अतिरिक्त क्रियाकलापमा प्रगतिका लागि यी सामग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “विद्यार्थी केवल कोर्ष अध्ययन मात्रै होइन, अतिरिक्त क्रियाकलालपमा समेत अगाडि बढ्नु पर्छ भनेर यी सामग्री हस्तान्तरण गरिएको हो ।” विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि यी सामग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चौधरीले बैंकले यो सहयोग आगामी दिनमा पनि निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवनारायण चौधरी लगायतले बोल्नु भएको थियो । सो अवसरमा यादवप्रसाद रिजाल, भीमकुमारी पौडेल, सरोज अर्याल, विन्दा अधिकारी गायत्री मिश्र, वविता सापकोटा, गीता श्रेष्ठ, जुनी चौधरी, कृष्णकुमारी धिताल, विजय पुरी, स्वस्तीका राउत, पार्वती रिजाल, स्मृति चौधरी लगायत २३० भन्दा बढी अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.