‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’: भोलि चितवनमा कविताहरू माथि नाटक र र्याप पनि प्रस्तुत गरिने
न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार १३:११
चितवन,८ भदौ । कवि तथा पत्रकार राजु स्याङतानको ‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ अन्तर्गत शनिबार चितवनमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा संगीतसहितको कविता वाचन गरिने छ ।
मन्थन चितवन, नारायणी कला मन्दिर र कर्मी चौतारीको आयोजना तथा महानगर प्रज्ञा प्रतिस्ठान भरतपुरको सहयोगमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा ‘ओ पेङदोर्जे’ कवितासंग्रह भित्र रहेका ‘बिमा’ शिर्षक कवितामाथि कर्मी चौतारीले नाटक प्रस्तुत गर्ने छन् ।
कार्यक्रमकी संयोजक रन्जना लिम्बुका अनुसार ओ पेङदोर्जे संग्रहभित्रकै ‘आमा तिमी मात’ शिर्षकको कवितालाई ऋदम एन्ड पोएट्री (र्याप) मा गोरे भाइले र्याप संगीत प्रस्तुत गर्ने छन् । कार्यक्रममा कवि राजु स्याङतानले आफ्ना एक दर्जन कविता वाचन गर्ने छन् भने भुपिन खड्काले कवितामाथि बोल्ने छन् ।