सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी


  •    न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार १२:४५ 
  • सिन्धपाल्चोक,८ भदौ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ । मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयको कक्षाकोठा समेत उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो ।

    लामिछानेले भन्नुभयो ‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छु, उहाँले भन्नुभयो,’वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।’ सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले बताउनु भयो । बाढीका कारण ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको उहाँले बताउनु भयो ।

    यस्तै, बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तर वर्षाका कारण सडक सञ्चालनमा आउन सकेको छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.