सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केरामा ओइलाउने रोगको समस्या


  •    न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार ११:३० 
  • चितवन,८ भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । उहाँले भन्नुभयो, “अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ ।” अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उहाँको भनाइ छ ।

    पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उहाँले बताउनुभयो । यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उहाँले जानकारी दिनुभयो । सरसफाइ तथा बगैँचाको उचित व्यवस्थापन गर्नुपर्ने, फलको अन्तिम हाता निस्किएपछि बुङ्गो हटाइदिनुपर्ने, रोगी बिरुवाको गानोसहित हटाएर नष्ट गर्न सके यो रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिने उहाँले बताउनुभयो ।

    एउटै जग्गामा लामो समयदेखि केराखेती गरिरहँदा, रोग लागेको बगैँचामा प्रयोग गरिएको औजार निर्मलीकरण नगरी अर्को बगैँचामा प्रयोग गर्दा रोग सर्ने गरेको उहाँले जानकारी दिनुभयो । केराको जराभन्दा माथि गानो कुहिने हुँदा त्यसमा अन्य रोगले समेत आक्रमण गर्ने गरेको देखिएको उहाँले बताउनुभयो ।

    केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेका अनुसार जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो । उहाँले सो चरणमा १० हजार बिरुवा झारिएको बताउँदै ती बिरुवा लगाएका बगैँचामा यो समस्या देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा पनि देखिएको हुनसक्छ । हामीले अनुगमन गरिरहेका छौँ ।”

    परियोजनाअन्तर्गत केरा जोन कार्यक्रमले वितरण गरेको केरामा रोग देखिएको हो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । यहाँ मालवोग र जी नाइन जातका केरा लगाउने गरिन्छ । यहाँका केरा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका सहरमा जाने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.