सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउन वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने


  •    न्युजभित्तो/७ भाद्र २०८०, बिहीबार १३:३१ 
  • चितवन,७ भदौ । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो ।

    उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाईदिन आग्रह गरेको थियो ।

    महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “पूर्वाधार निर्माण भइरहेको रहेछ, थप पूर्वाधारका लागि महानगरले आवश्यक सहयोग गर्न तयार छ ।” उहाँले थप्नुभयो “भ्रमण वर्षसँगै महानगरमा बाघ, गैँडासहितका वन्यजन्तु देख्ने गरी चिडियाखाना सञ्चालनमा आउँछ ।”

    चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उहाँले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताउनुभयो । यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ । सो ठाउँलाई घाइते वन्यजन्तु राख्नका लागि विकास गरिँदै छ । घाइतेसँग त्यहाँ हिंस्रक वन्यजन्तुसमेत राख्ने योजना निकुञ्जको थियो ।

    प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका सो ठाउँमा कम्पाउण्ड वालको केही काम भइसकेको छ । प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ । चित्तल, मृग जस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीन वटा सेड निर्माण भएका छन् ।

    बाघ राख्ने दुई वटा खोर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त अत्यावश्यक अन्य संरचना निर्माणका काम अघि बढाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरपालिका र निकुञ्ज सहकार्य गरेर थप संंरक्षण बनाउँछौँ ।”

    यससँगै चितवन आउने पर्यटकका लागि बाघ देखाउन सकिने उहाँले बताउनुभयो । हाल निकुञ्जको मुख्यालय कसरामा तीन वटा बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई वटा खोरमै राखिएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताउनुभयो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रै भन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताउनुभयो । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो ।

    निकुञ्ज आउने पर्यटकहरुमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दन् । निकुञ्जको यसै क्षेत्रमा बढी सङ्ख्या एकसिङ्गे गैँडा, बाघ लगायतका वन्यजन्तु पाइन्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.