सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सशस्त्र प्रहरी बल नं. ३ गढिमाई बाहिनी भण्डाराको छैंठौ स्थापना दिवस सम्पन्न


  •    न्युजभित्तो/६ भाद्र २०८०, बुधबार १९:१४ 
  • ​​​​​चितवन, ६ भदौ । सशस्त्र प्रहरी बल नं. ३ वढिमाई बहिनीको छैठौं स्थापना दिवस आज सम्पन्न भएको छ । संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि अर्यालले बाहिनीले आयोजना गरेको विभिन्न खेलकुदहरुमा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार, अवकाश प्राप्तहरुलाई कदर –पत्र, विरगती प्राप्तहरुका परिवारजनलाई दोसल्ला ओडाई सम्मान, बाहिनीका उत्कृष्ट कर्मचारीहरुलाई प्रशंसा पत्र, विभिन्न संघ– संस्थाहरुलाई सम्मान पत्र प्रदान गर्नु गर्नुभयो ।

    उहाँले ईमान्दार भई कार्य क्षेत्रमा अहोरात्र लागिपरी जिम्मेवारीलाई सक्रियतापूर्वक सम्पन्न गर्न निर्देशन दिनुहुँदै अमर सशस्त्र प्रहरीहरुको रगत तथा अवकाश प्राप्तहरुको त्याग तपस्याबाट यो संगठन आजको दिनसम्म आईपुगेको स्मरण गराउनुभयो । उहाँले अमरहरुको रगतको सम्मानको लागि समेत कार्य क्षेत्रमा अझ दत्तचित्तका साथ देश र जनताको सुरक्षाको खातिर लाग्नु पर्ने बताउनुभयो । स्थापना दिवसले भोलीका दिनमा आईपर्ने जुनसुकै सुरक्षा चुनौतीलाई समेत सामना गर्न सक्ने शक्ति माता गढीमाईले प्रदान गर्नेछिन भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    सोही अवसरमा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो । कार्यक्रममा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिनरीक्षक लक्ष्मण बहादुर सिंहले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.