सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा अझै केही दिन विद्युत सेवामा अनियमित हुने


  •    न्युजभित्तो/२६ श्रावण २०८०, शुक्रबार ११:१७ 
  • चितवन,२६ साउन । भरतपुर क्षेत्रमा केही दिन विद्युत अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो ।

    १३२/११ केभि/२२ एम भिए पावरका दुई वटा ट्रान्सफर्मर मध्ये एउटा जलेपछि नियमिति विद्युत सेवामा समस्या आएको वितरण केन्द्रले जानकारी दिएको छ । सवस्टेसनको ट्रान्सफर्मर जलेपछि भरतपुर क्षेत्रमा केहीदिन यता पनि पटक पटक विद्युत सेवामा अनयिमित हुँदै आएको छ ।

    जलेको ट्रान्सफर्मर फेर्न भारतबाट अर्को ल्याइएको छ । सो ट्रान्सफर्मर जडान नहुँदासम्म समस्या समाधान नहुने बताईएको छ । नयाँ ट्रान्सफर्मर जडान गर्न अझै तीन/चार दिन लाग्ने कार्यालयले जानकारी दिएको छ । यस्तै, आज टाइगरचोक–सिताराम चोक– तोरीखेत कैलाश नगर क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । हुलाकी राजमार्ग क्षेत्र विस्तारको क्रममा विद्युत पोल सार्नु परेकाले सो क्षेत्रमा ९ बजेदेखि ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । भरतपुर क्षेत्रमा पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.