सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरु आन्दोलित


  •    न्युजभित्तो/२५ श्रावण २०८०, बिहीबार १७:०१ 
  • चितवन,२५ साउन । यहाँका नर्सिङ कलेज बन्द भएपछि त्यहाँका सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण कलेजहरू बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

    उक्त सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी उक्त ऐनका कारण देशभर दुई सय २८ शिक्षण संस्था बन्द भएकामा चितवनका नौ वटा नर्सिङ क्याम्पस परेको छ । हाल देशभरका सिटिइभिटीअन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७, स्टाफ नर्सका ७७ र विश्वविद्यालयअन्तर्गतका स्नातक तह बिएन १० एवं बिएस्सी नर्सिङका आठ वटा कार्यक्रम बन्द भएका छन् । समिति संयोजक शम्भु सुवेदीले कार्यक्रम बन्द हुँदा विद्यार्थी देश छोडेर विदेश जान बाध्य भएको बताउनुभयो । उक्त ऐनले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराईएको उहाँको गुनासो थियो ।

    सो ऐनबमोजिम सिटिइभिटी र विश्वविद्यालयका कार्यक्रम एउटै क्याम्पसमा सञ्चालन गर्न पाइदैन । त्यसका लागि कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक हुन्छ । यसअघि ५० श्ययाको अस्पतालमा नर्सिङको पढाई सञ्चालन हुँदै आएका थिए । एक सय श्ययाभन्दा माथि भएका अस्पतालले पनि प्रमाणपत्र तह वा स्नातक तहमध्ये एउटा मात्रै पढाउन पाउने व्यवस्था गरिएको छ ।

    स्वास्थ्य सङ्काय सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था पनि छ । यसअघि अन्य अस्पतालमा प्रयोगात्मक कक्षा गराएर पढाइहुँदै आएका धेरै क्याम्पस छन् । संयोजक सुवेदीले एक सय श्ययाको अस्पताल सञ्चालन गर्न रु दुई अर्ब लगानी हुने र तोकेअनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटिइभिटीको पुनःसंरचना गरिनुुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाको तत्काल भर्ना खोल्नुपर्ने माग सङ्घर्ष समितिको छ ।

    यस्तै आयोग र सिटिइभिटीका कारणले बन्द भएका कलेजमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा खोसिएका रोजगारी सुनिश्चित गर्नुपर्नेलगायत माग पनि गरिएको छ। यसअघि विभिन्न खालका बौद्धिक हिसाबका सङ्घर्षका कार्यक्रम गर्दै आएका सञ्चालकहरूले अब सार्वजनिक विरोधका कार्यक्रम गर्ने जनाएका छन् ।

    पत्रकारहरुले सोधेका प्रश्नमा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय सल्लाहकार नारायणसिंह कुँवर, मैयादेवी कन्या कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा केशव भूर्तेल, बोस्टन कलेजका सञ्चालक मनोज विष्ट, बालकुमारी क्याम्पसका अनन्त ढुङ्गानालगायतले जवाफ दिनुभएको थियो ।

    क्याम्पस बन्द हुँदा नर्सिङ जनशक्ति अभाव हुँदै गएको, भारतीय सीमा क्षेत्रमा नर्सिङ क्याम्पस सञ्चालनमा आएकाले नेपालको धेरै रकम बाहिरिएको भन्दै उहाँहरुले चिन्ता पनि व्यक्त गर्नुभएको थियो । यसैगरी हालसम्म नेपालमा अध्ययन गरेका नर्सहरुमध्ये धेरैले विश्वका धनी राष्ट्रहरुमा राम्रो पारिश्रमिक पाएर रोजगार बनेको उहाँहरुको भनाइ थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.