सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमतीमा ‘लम्पीस्किन’ को भयावह रूप : २ लाख पशुमा संक्रमण, ६ हजारको मृत्यु


  •    न्युजभित्तो/२५ श्रावण २०८०, बिहीबार ११:२२ 
  • हेटौँडा,२५ साउन ।  पशुमा फैलिएको ‘लम्पीस्किन’ रोगको कारण बागमती प्रदेशमा ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ । गत वर्ष पुस अन्तिममा बागमती प्रदेशको मकवानपुरमा देखिएको यो संक्रमणले बागमतीको १३ जिल्लालाई प्रभावित पार्दै ६ हजार पशुको ज्यान लिएको हो ।

    बागमतीमा भयावह रूपमा देखिएको यो विषाणुजन्य संक्रमणको कारण यो प्रदेशमा २ लाख ४ हजार ९ सय ८८ पशु संक्रमित भएका छन् ।

    पोक्सभाईरेड समूहको कारपोक्स भाइरसबाट हुने विषाणुयुक्त संक्रमको कारण बागमतीमा पशुपालनको क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ ।

    मकवानपुरबाट संक्रमणको सुरुवात भएपनि लम्पीस्किनको संक्रमण दोलखामा सबैभन्दा धेरै देखिएको छ ।

    दोलखामा ३३ हजार ६ सय २४ पशुमा लम्पीस्किनको संक्रमण पुष्टि भएको छ भने दोस्रो स्थानमा काभ्रेका यो रोगले पशुहरूलाई संक्रमित बनाएको छ । काभ्रेमा लम्पीस्किनबाट ३० हजार ७ सय ४३ पशु संक्रमित भएका छन् ।

    लम्पीस्किनको कारण सबैभन्दा धेरै पशुको मृत्यु भने सिन्धुपाल्चोक जिल्लामा भएको छ । यहाँ यो रोगको कारण ८ सय ९६ पशुको मृत्यु भएको छ ।

    लम्पीस्किनको महामारीको कारण संक्रमित रहेका मध्य ३ दशमलव १ प्रतिशत पशुको ज्यान गएको छ भने अहिले पनि १० दशमलव २७ प्रतिशतमा संक्रमण रहेको पाइएको छ ।

    यो विषाणुले सबैभन्दा धेरै प्रभावित पारेको पशुमा गाई रहेको भन्दै बागमती प्रदेश सरकारले गाईलाई खोप दिने कार्य सुरु गरेको छ । हालसम्म १२ प्रतिशत गाईमा खोप दिने कार्य सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    बागमती प्रदेशमा पशुपालनमा सबैभन्दा महत्त्वपूर्ण क्षेत्र गाई र भैँसीले ओगटेको छ । यहाँ १० लाख ९९ हजार ५ सय ६० गाई तथा ८ लाख ९६ हजार २ सय १३ वटा भैँसी रहेको छ ।

    गाई तथा भैँसीबाट प्रतिवर्ष ४ लाख ५५ हजार १ सय ४१ मेट्रिक टन दूध उत्पादन हुँदै आएकोमा लम्पीस्किनको कारण उत्पादनमा भारी गिरावट आएको मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.