सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगत परीक्षण शुल्क आफैँले तिर्ने


  •    न्युजभित्तो/२४ श्रावण २०८०, बुधबार १२:०३ 
  • चितवन,२४ साउन ।  चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ। राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच यससम्बन्धी सम्झौता भएको हो।

    नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ।

    सम्झौतामा सेवा लिने व्यक्तिले स्थायी बसोबास भएको नेपाल सरकारको मतदाता परिचयपत्र, नागरिकता वा नगरपालिका तथा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने छ। नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने कर्मचारी परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने, आपत्कालीन अवस्थामा रगत लिनुपर्ने भई अन्य कागजात पेस गर्न नसकेको अवस्थामा बिलका आधारमा सोझै नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको छ।

    करार अवधि सम्झौता भएको मितिले चार वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, सहमति र सहकार्यको आधारमा करार अवधि थपघट गर्न सक्ने सम्झौतापत्रमा उल्लेख रहेको लामाले जानकारी दिए। यो सम्झौता भदौ १ गतेदेखि लागू हुने नगरप्रमुख लामाले बताए। सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख लामा र रेडक्रस सोसाइटीको तर्फबाट रेडक्रसका जिल्ला सभापति हरिप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। एक पाउन्ड रगत बराबर रु आठ सय ५० तिर्नुपर्ने हुन्छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.