सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोका कारण चार दिनदेखि सडकमा यात्रुको बास


  •    न्युजभित्तो/२४ श्रावण २०८०, बुधबार ११:१५ 
  • म्याग्दी,२४ साउन । बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ।

    सडकमाथिबाट खसेको पहिरोका कारण रघुगङ्गा गाउँपालिका–२, बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा बन्द भएको छ । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन। सडकमा सवारीसाधनको लामो लाइन छ।

    तीन दिनसम्म सडक खुलाउने प्रयास गरे पनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो। उहाँले भन्नुभयो, “सडक खुलाउने प्रयास गरे पनि माथिबाट पहिरो खसिरहेको छ। सडकमाथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव छैन।”

    सडकमाथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उहाँले बताउनुभयो। वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ। सडक नखुल्दा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजनको सडकमै बास भएको बसका चालक प्रकाश सुनारले बताउनुभयो। उहाँले भन्नुभयो, “तीन दिनदेखि सडकमा बसेका छौँ। बसमा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजन छन्। बाटोमा खाना र बास बस्ने होटल पनि छैनन्। सडक खुल्ने आशामा कुरेर बसेका छौँ। आज पनि सडक खुल्ने सम्भावना देखिँदैन। कतिदिन सडकमै बास हुने हो पत्तो छैन।”

    सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रु बैसरीमा अलपत्र परेका छन्। बैसरीखण्डमा दुवैतर्फ करिब पाँच सय सवारीसाधन अलपत्र परेका छन्। यात्रु बिच सडकमै सुतेका छन्। बैसरीमा पर्याप्त होटल नहुँदा यात्रुलाई खानाको समस्या भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.