सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशियो


  •    न्युजभित्तो/२२ श्रावण २०८०, सोमबार १०:४९ 
  • चितवन,२२ साउन । चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशिएको छ ।

    वर्षात्मा हुने डुबानका कारणले भारतमा गोलभेँडाको उत्पादन घटेकोले चितवनबाट भारत गोलभेँडा निर्यात हुन थालेको हो ।

    वर्षाको मौसममा गोलभेँडाको उत्पादन उसै त कम हुन्छ त्यसैमाथि पनि कम उत्पादन भारत जान थालेँपछि चितवनमा गोलभेँडा महंगो भएको व्यवसायीहरुले बताएका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारका व्यवसायी उमेश शाहले दैनिक बजारबाट ८०० क्रेट गोलभेँडा भारत जान थालेपछि गोलभेँडाको मूल्य बढेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ डुबानको समयमा चितवनमा गोलभेँडाको उत्पादन घटेको छ । काठमाडौँ, धादिङ र नुवाकोटबाट गोलभेँडा ल्याउनुपर्छ । चारतिर खोजेर ल्याएको गोलभेँडा भारत जान थालेपछि चितवनबासी महंगोमा गोलभेँडा किनेर खान बाध्य भएका छन् ।’

    चितवनको होलसेल बजारमा गोलभेँडाको मूल्य प्रतिकेजी १३० रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने गरेको छ । जसको कारण खुद्रा गोलभेँडाको मूल्य प्रतिकेजी १८० देखि २०० रुपैयाँसम्म पर्ने गरेको व्यवसायी बताउँछन् । व्यवसायी शाहले गोलभेँडाको मूल्य एक क्रेटको तीन हजार देखि ३३ सय रुपैयाँसम्म पुगेको जानकारी दिए । उनले भने, ‘ एक क्रेटमा २३ किलो गोलभेँडा हुन्छ त्यसमा राम्रो गोलभेँडा २० किलो मात्र हुन्छ । चितवनमा उत्पादन घटेको छ । बजारमा भएको गोलभेँडा भारत जान्छ । ’

    गोलभेँडा महंगो भएको समयमा चितवनका किसानहरुले भने उत्पादन लागत बढी र मूल्य नपाएको कारणले वर्षा याममा गोलभेँडा खेती गर्न छाडेका छन् । कालिका नगरपालिका–९ का तरकारी किसान नरेन्द्रजंग गुरुङले वर्षामा गोलभेँडा खेती गर्न टनेल चाहिने र उत्पादन लागत बढ्ने भएकोले खेती गर्न छाडेको बताए । उनले भने, ‘ झरीमा गोलभेँडाको उत्पादन कम हुन्छ । अघिल्ला वर्षहरुमा निकै खर्च गरेर गोलभेँडाको उत्पादन गर्दा राम्रो मूल्य आएन । धोका खाइयो । अहिले धान काटेपछि मात्र गालेभेँडा लगाउने गरेका छौं ।’ उनले किसानले कहिँलेकाहीँ लागत मूल्य पनि उठाउन नसक्ने भएकोले सधै एकैप्रकारको खेतीलाई निरन्तरता दिन नसकेको अनुभव सुनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.