आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय बन्द
न्युजभित्तो/२१ श्रावण २०८०, आईतवार १७:००
चितवन,२१ साउन । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ ।
भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।
चितवन,२१ साउन । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ ।
भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो ।
सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।