धरानको पानीको मुहान र ट्याङ्कीमा पाइयो दिसामा पाइने जीवाणु
न्युजभित्तो/१९ श्रावण २०८०, शुक्रबार १४:५२
विराटनगर, १९ साउन । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ ।
खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो । धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाले दिएको हो ।
कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।