सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङ्क्रमण


  •    न्युजभित्तो/१८ श्रावण २०८०, बिहीबार १४:२६ 
  • गण्डकी,१८  साउन। कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिनुभयो ।

    सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उहाँले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिनुभयो । जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ । पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.