सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बकुलहर रत्ननगर अस्पतालबाट दुई लाख बिरामीले सेवा लिए


  •    न्युजभित्तो/१२ श्रावण २०८०, शुक्रबार १०:४७ 
  • चितवन,१२ साउन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३ जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार सेवा लिएका मध्ये ७६ दशमलव चार प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने छन् । अघिल्लो आर्थिक वर्षमा सो अस्पतालले एक लाख ५२ हजार चार सय ८४ जनालाई सेवा दिएको थियो । आव २०७७/७८ मा यो सङ्ख्या ८५ हजार चार सय ५३ थियो ।

    बागमती प्रदेश सरकार मातहत रहेको ५० शय्या स्वीकृत पाएको उक्त अस्पतालमा हाल ९० शय्या सञ्चालनमा छन् । अस्पतालले बहिरङ्गतर्फ विभिन्न विभागमार्फत सेवा दिँदै आएको छ । डा ज्ञवालीका अनुसार अस्पतालले स्त्री तथा प्रसूति, हाडजोर्नी, सर्जरी, छाला, मनोरोग, बालरोग, नाक–कान–घाँटी, दन्त रोगलगायतको सेवा दिँदै आएको छ ।

    अस्पतालमा गत वर्षदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’समेत सञ्चालनमा छ । पछिल्लो समय एकाएक बिरामीको आकर्षण बढेको यस अस्पतालबाट पूर्वी चितवनका चार नगरपालिकाका बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका छन् । यससँगै छाला, शल्यक्रिया र डायलाइसिसका लागि नवलपरासी, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् ।

    अस्पतालमा कम जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । हाल अस्पतालमा २५ विशेषज्ञ चिकित्सक, १८ मेडिकल अधिकृत, छ दन्त चिकित्सकसहित दुई सय १० स्वास्थ्यकर्मी कार्यरत छन् । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कम जनशक्तिले धेरै सेवा दिएको उल्लेख गर्दै नगरपालिकाबाट पनि सक्दो सहयोग गरेको बताउनुभयो ।

    उहाँका अनुसार पार्किङ व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गरी नगरपालिकाले सहयोग गर्दै आएको छ । नगरपालिकाले रु ३० लाखको विपन्न सहायता कोष निर्माण गरी अतिविपन्नलाई त्यसैमार्फत उपचार सेवा दिँदै आएको छ । नगरपालिकाले नगरभित्रका तीन हजार दुई सय विपन्न परिवारको स्वास्थ्य बीमा सोही अस्पताललाई पहिलो विन्दु बनाएर गरेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.